मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल

राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाटै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताउनुभएको छ ।

बिहीवार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताउनु भयो । नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको बताउनु भयो । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताउनु भयो । आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौँ । प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभुति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’

अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया