काठमाडौँ । सरकार राष्ट्रिय सभामा रहेका विधेयकहरू अगाडि बढाउन तयार भएको छ । सरकारले नै विधेयकमाथि छलफल अगाडि बढाउन भनेपछि विधायन व्यवस्थापन समितिले विधेयकमाथि छलफल सुरु गरेको छ ।
विधायन समितिकी सभापति तुलासा कुमारी दाहालका अनुसार प्रतिनिधिसभा विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भए ।
तर, राष्ट्रिय सभामा दर्ता भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक यथावत् छन् । थप एउटा विधेयक सरकारले ल्याएको छ । यो सँगै राष्ट्रिय सभामा रहेका विधेयकको संख्या ६ पुगेको हो ।
६ वटा मध्ये तीन वटा विधेयक सभामा रहेका छन् भने तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया