श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एसिड आक्रमणका पिडितका पक्षमा प्रधानमन्त्री ओलीको ५ घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पिडितहरूसँग भेट गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, महान्यायाधीवक्ता खरेल, मुख्य सचिव र विभिन्न मन्त्रालयका सचिवलाई राखेर एसिड आक्रमणमा परेकाहरुको पीडा सुनेका हुन् ।

एसिड आक्रमणमा परेकी संगीता, मस्कान, जेनी लगायतका एसिड आक्रमण गर्नेहरुलाई सजाय कम भएको, उपचारका लागि समस्या भएको तथा पढाई र उद्योग गर्न गाह्रो भएको पिडितहरूले बताएका छन् ।

अहिले ३ देखि ८ वर्षसम्म सजय हुने व्यवस्था अब बढाइने र एसिड खरिद बिक्रीको निमयन गर्न एउटा र एसिड आक्रमणको सजायबारे अर्को कानून बनाउने तयारी गरेकाे महान्यायाधीवक्ता खरेलले बताए ।

यी हुन् प्रधानमन्त्रीको पाँच घोषणाः

कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा परेकाहरुको पक्षमा ५ महत्वपूर्ण घोषणा गरेका छन् ।

१. एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन दिएका छन् ।

२. सजाय कम भएको गुनासो जायज छ, यसलाई कानून बनाउँदा सम्बोधन गर्नुस् ।

३. एसिड अक्रमणका घटनालाई निरुत्साहित गर्न नयाँ कानूनबारे प्रचात्मक अभियान चलाइनेछ । प्रधानमन्त्रीले सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा बनाउने बताए ।

५. एसिड आक्रमणमा परेकाहरुको उपचार निःशुल्क गरिनेछ । यसका लागि वीर, त्रिवि शिक्षण, पाटन र कीर्तिपुर अस्पताल तोकिएको छ ।

५. एसिड आक्रमणमा परेकाहरुले चाहेको अध्ययन वा उद्यम गर्न सरकारले सहयोग गर्नेछ ।

प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक बन्दोबस्त गर्न शिक्षा र उद्योग सचिवलाई निर्देशन दिएका छन् । ओलीले आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पनि थप केही घोषणा हुने जानकारी दिएका छन् ।

साथै सरकार आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न लागिपर्ने बताएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया