काठमाडौंः गृह मन्त्रालयले सम्पुर्ण कार्यालयहरु पुर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । काठमाडौँ उपत्यकामा जारि निषेधाज्ञा खुकुलो भएसंगै सरकारी कार्यालयहरूले शतप्रतिशत काम सुचारु गर्ने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।
केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भए पनि सबै सेवा दिन सक्ने र सबै कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालन हुने उनले बताए । कोभिडको बिदा नहुने र कार्यालय पूर्ण रुपमा सञ्चालन हुने उनको भनाइ छ ।
अहिलेको अवस्थामा सरकारले कोभिडको बिदा नदिने भएकाले सावधानी अपनाएर कार्यालय पूरै सञ्चालन हुने बताउका छन् । सरकारी कार्यालय स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन हुने बताए ।
सामाजिक दुरी कायम गरि स्वास्थ्यका ममापदण्ड पालना गरि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन हुने बताउँदै उनले कर्मचारीहरूको उपस्थिति सम्बन्धित कार्यालयले भने गर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया