काठमाण्डाैंः काठमाडौं उपत्यकाकाबाट बाहिरी जिल्ला जानका लागि थप कडाइ गरिएको छ। यसअघि उपत्यका छिर्न पीसीआर रिपोर्ट अनिवार्य थियो भने बाहिर जानका लागि कुनै अवरोध थिएन्। अब भने स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने भएको छ।
अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानेहरूका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र अथवा स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने भएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार दाहसंस्कार, सरूवा भइ जाने कर्मचारी लगायतका अत्यावश्यक कामका लागि उपत्यकाका बाहि जानुपरेको खण्डमा स्थानीय तहको स्वीकृति वा सम्बन्धित जिल्ला प्रशासनको अनुमति चाहिने भएको हो।
बाहिर जानुपर्ने व्यक्ति तोकिएको ढाचाको निवेदन र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा स्वयम उपस्थित हुनुपर्नेछ।
अत्यावश्यक बाहेकका कामका लागि उपत्यकाबाहिर जानुपरेको खण्डमा सवारी सहजिकरण नगरिने प्रशासनले स्पष्ट पारेको छ। उपत्यका छिर्नेका लागि पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति वा स्थानीय तहको अनुमतिमात्र मात्र आउने पाइनेछ। अहिले भने उपत्यका छिर्नका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया