श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटिको बैठक सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । गत असार १० गतेदेखि जारी बैठक शुक्रबार सकिएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड द्वारा पेश गरिएको १५ बुँदे प्रस्ताव पारित भएको छ ।

अध्यक्षद्वयको प्रस्तावमाथि बरिष्ट नेताद्वय माधव नेपाल र झलनाथ खनाल, तथा नेताहरु रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जना सदस्यहरुले धारणा राखेका थिए।

शुक्रबारको बैठकपछि बालुवाटारमा उपस्थित पत्रकारहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिए। सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए । उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए । त्यसपछि उनी केहिबेर आफ्ना धारणा राखेर बैठकबाट बाहिरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया