श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

काठमाडौंको मानेटारमा एकाबिहानै बिष्फोट, एकजना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौंमा कागेश्वरी मनहरामा आज बिहान भएको बिस्फोटमा एक जना घाइते भएका छन् ।

कागेश्वरी मनहरा नगरपालिका-९ मानेटारमा आज बिहान करिब ६ बजे ठूलो आवाजसहित बिस्फोट हुँदा स्थानीय मीरा ओझा घाइते भएका हुन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । विष्फोट मीराको भान्साकोठामा भएको थियो ।

विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ । घरमा मीरासँगै छोरी र श्रीमान रहेपनि भान्सामा उनी मात्र रहेको बेला विष्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ ।

ग्याँस वा कुकर विष्फोट भएको अनुमान गरेपनि घटनास्थलको प्रकृति त्यस्तो नदेखिएकाले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया