काठमाण्डाैंः भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एक चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले तीनै जनाको केही दिन पहिले हत्या गरिएको हुन सक्ने बताएका छन् । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतक फेला पर्नेमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उनकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ वर्षीय छोरा सुशान्त रहेका छन् ।
घरको दोस्रो तलमा कुकुर समेत मृत अवस्थामा फेला परेको छ । अधिकारी परिवारलाई भेट्न दिउँसो ५ वजे घरमा पुगेका एक आफन्तले घटनाको वारेमा प्रहरीलाई जानकारी दिएका हुन । घरको तेस्रो तलामा श्रीमती सम्झाना र चौथो तलमा बुबा-छोराको शव फेला परेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिपक थापाले घटना रहस्मय भएको बताएका छन् । नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत खटिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया