मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

नियमित बजार अनुमगन गर्दै विभाग

कुमरीपाटीस्थित युएफओ पाटनलाई रु २० हजार जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १६ मङ्सिरः बजार अनुमगन नियमित गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँ र ललितपुरका विभिन्न नौ वटा उद्योग÷फार्मलाई कारवाही गरेको छ ।
चाडपर्वको समयमा मात्रै बजार अनुमगन गरेको भनी विगतमा आलोचना हुने गरेपछि विभागले पछिल्ला दिनमा देशव्यापी रूपमा स्थानीय प्रशासन, सरोकार भएका निकायको समन्वय र सहभागितामा निरीक्षणलाई तीव्र पारेको हो ।
विभागका अनुसार ललितपुर महानगरपालिका–१५ कुमरीपाटीस्थित युएफओ पाटनलाई रु २० हजार जरिवाना गरिएको छ । त्यस्तै, काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित रेग्मी व्याग उद्योगलाई रु २० हजार जरिवाना गरिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको कसुरमा ती फार्मलाई कारवाही गरिएको विभागले उल्लेख गरेको छ । सो दफामा बिलबिजक राख्नुपर्ने व्यवस्था छ । पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरिद गरेका वस्तु वा सेवाको उत्पादक वा खरिद, बिल वा बिजक आफूसँग राख्नुपर्ने व्यवस्था छ । सो व्यवस्था विपरितको गतिविधि गरेको पाइएकाले योगेन्द्र साडी भण्डारलाई कारवाही गरिएको विभागले जनाएको छ ।
सोही ऐनको दफा ३९ को (१) मा बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कुनै कसुर गरेको पाइएमा रु पाँच हजारदेखि रु २० हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । सोही प्रावधान बमोजिम उक्त फँर्मलाई कारवाही गरिएको हो ।
मानसरोवर इन्टरप्राइजेज र रविशङ्कर स्टोरलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ । विभागले अन्य पाँच वटा फार्मलाई भने सामान्य निर्देशन दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार