श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

राजा वीरेन्द्रले चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको जहाज शनिबार राति गुडाएर नारायणहिटी संग्रहालयमा लगिएको छ । एनए-०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज नेपाली सेनाले संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएरै पुर्‍याएको हो ।

सेनाको सानो गाडी र क्रेनको सहायताले जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्‍याइएको थियो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो । राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य यसमा सवार हुने गर्थे ।

सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको जहाजलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया