श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

आज र भोलि ५ प्रदेशमा भिषण वर्षाको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि बागमती प्रदेश, प्रदेश-२, प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको हो ।

महाशाखाले आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको हुन सक्ने जनाएको छ ।

राति पनि प्रदेश १, बागमती प्रदेश, प्रदेश-२, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेअनुसार भोलि पनि प्रदेश-१, बागमती, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-५ एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया