काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ पिसिआर परीक्षण भएको थियो भने ११७३ संक्रमित डिस्चार्ज भएका छन् ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया