श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सर्वोच्च अदालतद्वारा नियमित सुनुवाइ शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतले कटौती गरेको सेवा प्रवाह नियमित गरेको छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोख्रेलले आजदेखि सबैप्रकृतिका रिट निवेदन, पुनरावेदन निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरूको प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ शुरु भएको बताए ।

उनले मुद्दा दोहोर्‍याइ पाउँ भन्ने निवेदन, मुद्दा फिर्ता तथा मिलापत्र सम्बन्धी काम कारबाही र सुनुवाइ हुने बताए । आजका लागि ११ जना न्यायाधीशका ६ वटा इजलास तोकिएको हो ।

साउन २८ मा १३ जना न्यायाधीशहरूको सात वटा इजलास गठन भएपनि साउन २९ यता सर्वोच्चमा दैनिक तीन जना न्यायाधीशका दुई वटा मात्र इजलासमा सुनुवाइ हुँदै आएको थियो । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सर्वोच्चले गत चैत ७ गतेदेखि नियमित सेवा प्रवाह कटौती गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया