काठमाण्डाैंः जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ । जसपाले आईतबार एक विज्ञप्ति जारी गर्दै जेलमा रहेका चौधरीलगायत नेता तथा कार्यकर्तालाई रिहाइका लागि माग गरेको हो ।
जसपाका अयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा मधेस-थरुहट आन्दोलनमा सहभागी भएका नेता कार्यकर्तामाथि सरकारले मुद्धा चलाउने, धन–सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै यस्ता कार्य बन्द गर्न माग गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया