काठमाण्डौंः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)सहित ५ विद्यार्थी संगठनले सम्पुर्ण देशभक्त युवा र आम जनतालाई एमसिसिविरुद्ध एकजुट हुन अपिल गरेका छन् ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जिवि ढकाल, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, अखिल (छैठौँ)का अध्यक्ष बिमल पोखेरल, अखिल (पाचौँ) का अध्यक्ष घनश्याम मिश्र र अखिल नेपाल विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराईले संयुक्त बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
उनीहरुद्वारा आईतबार जारी संयुक्त बिज्ञप्तिमा एमसिसि अमेरिकि सैन्य परियोजना अन्तर्गत रहेको जान्दा जान्दै पारित गर्न खोजिनु सरकार र सत्ताधारी पार्टीले अमेरिकी साम्राज्यवादको पक्ष पोषण गर्दै देशमा राजनैतिक अस्थिरता निम्त्याउने, देशलाइ अमेरिकी सैनिक अखडा बनाउने, देशलाइ गृहयुद्ध तर्फ लैजाने र राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको पैसामा लिलामि गर्न खोजेको र सरकारले देश र जनताप्रति गद्धारिपन देखाएको उल्लेख गरिएको छ ।
साथै ति विध्यार्थि संगठनले संसदबाट एमसिसि पारित नगराउन सभामुखलाई ज्ञापन पत्र बुझाउने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छः

प्रतिक्रिया