श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एकैदिन उपत्यकामा ५ सय १२ जना नयाँ कोरोना संक्रमित भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । जसअनुसार काठमाण्डौंमा ४ जना महिला र १ जना पुरुष, भक्तपुरमा १ जना पुरुष र ललितपुरमा एक जना पुरुष रहेका छन् ।

यस्तै आइतबार ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना रहेका थिए ।

यो सहित काठमाण्डौं उपत्यकामा संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया