भाद्र ६, २०८३ शनिबार August 22, 2026

नेपाल टेलिकमको नयाँ वाइफाई सिक्स सेवा : उच्च गति, बढी डिभाइस र बलियो सिग्नल

टेलिकमले ल्यायो वाइफाई सिक्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १० गते । नेपाल टेलिकमले वाइफाई सिक्स राउटर उपलब्ध गराउने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) प्रविधिको इन्टरनेटलाई अझ गुणस्तरीय बनाउन यस किसिमको वाइफाई र एपी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत न्यूनतम एक सय एमबिपिएस क्षमताको एफटिटिएच वितरण हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुने कम्पनीले जनाएको छ । त्यस्तै इन्टरनेटको स्पिड पनि तीव्र हुने कम्पनीको दाबी छ । धेरै डिभाइसमा तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवा यसले उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

टेलिकमले आफ्ना ग्राहकका लागि दुई वटा वाइफाई सिक्स प्याकेज उपलब्ध गराएको छ । जस अन्तर्गत व्यक्तिगत र प्रिमियम प्याकेज हुने छन् व्यक्तिगत प्याकेज अन्तर्गत कम्पनीले इन्टरनेट र टेलिफोन प्याकेज, इन्टरेनट, बेसिक एनटिटिभी र टेलिफोन प्याकेज र इन्टरनेट, प्रिमियम एनटिटिभी र टेलिफोन प्याकेजमध्ये कुनै एक प्याकेज रोज्न सकिने कम्पनीले जनाएको छ । प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज वान्ली, प्रिमियम इन्टरनेट र बेसिक एनटिटिभी प्याकेज र प्रिमियम इन्टरनेट र प्रिमियम एनटिटिभीमध्ये कुनै एक प्याकेज रोज्न सकिने कम्पनीले उल्लेख गरेको छ । यी सबै प्याकेज एक सय, १५० र दुई एमबिपिएस क्षमताका हुने छन् भने मोबाइलमा डेटासमेत उपलब्ध हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
वर्षाले देशभरका सडक प्रभावित, दर्जनौँ स्थानमा यातायात अवरुद्ध
२०८३ भाद्र ६, शनिबार
डलरको खरिददर १५२.८२ रुपैयाँ, अन्य विदेशी मुद्राको दर यस्तो (सूची हेर्नुहोस्)
२०८३ भाद्र ६, शनिबार
आज शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र ६, शनिबार
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार