काठमाडौंः जर्मन कपको पहिलो चरणको खेलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा डर्टमण्डले डुइसबर्गलाई ५–० गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिंगहमले डेब्यु गोल गरेका थिए ।
जाडोन साञ्चोले समेत गोल गरेपनि जर्मन महारथी क्लब डर्टमण्डले १० खेलाडीमा सिमित डुइसवर्गमाथि सहज जित दर्ता गरेको हो । १७ बर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डमा आएका हुन् ।
साञ्चोको पेनाल्टीमा गोलमा डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो ।डर्टमण्डका लागि इर्लिङ हाल्याण्ड, जियो रेना र मार्को रिउसले १/१ गोल गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया