असार २९, २०८२ आइतबार July 13, 2025

आधा दर्जन कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा एक हप्तासम्म ‘सिल’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एकै पटक पाँच जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा एक हप्तालाई ‘सिल’ गरिएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीएसमी) को मङ्गलवार दिउँसो बसेको बैठकले सात दिनका लागि नापी कार्यालय मलङ्गवा बन्द गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । नापीका एक जना अमिन, एक जना सर्वेक्षक र तीन जना कार्यालय सहयोगमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको हो ।

कर्मचारीहरुले भदौ २२ गते थ्रोट स्वाब दिएका थिए । सङ्क्रण पुष्टी भएकाहरुले मङ्गलवारसम्म पनि अन्य कर्मचारी र सेवाग्राहीहरुसँग घुलमिल भएर काम गरेका नापी कार्यालय मलङ्गवाले जनाएको छ । सङ्क्रमित कर्मचारीमा कोरोना भाइरसको कुनै लक्षण भने नदेखिएको र उच्च मनोवल बनाई घरमा बस्न भनिएको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत नसिमुल गनीले बताउनुभयो ।

स्वाब दिएपछि पनि कर्मचारीहरुले बाध्यताबस भीडभाडमै बसेर सेवा प्रवाह गरेकाले यसबिचमा नापी कार्यालय मलङ्गवामा सेवा लिन आएका सेवाग्राहीहरुलाई सावधानी अपनाउन कार्यालय प्रमुख गनीले आग्रह गर्नुभएको छ ।

समुदाय स्तरमा अत्यधिक सङ्क्रमण पाइएपछि एक महिना बन्द गरिएका सर्लाहीका सरकारी कार्यालयहरु अघिल्लो साताबाट खुलेका हुन् । धेरै दिनपछि खुलेका प्रशासन, नापी, मालपोत लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार