काठमाण्डाैंः राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीले जिल्लामा नीजि तथा सामुदायिक विद्यालयलाई अनलाइन पढाएको निउँमा विद्यार्थीसँग कुनै शुल्क नलिन तथा शुल्क उठाएको भए पनि तत्कालै फिर्ता गर्न माग गरेको छ ।
संगठनको जिल्ला कार्य समितिको तर्फबाट केन्द्रीय सदस्य अमृत पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु यथाशिघ्र सम्बोधन नगरिए त्यस्ता विद्यालयहरुमा तालबन्दी गर्नुकासाथै आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने उल्लेख गरेका छन।
सरकारले नीजि विद्यालयलाई शुल्क लिन पाउने बाटो खुला गरिदिएपछि संगठनको यस्तो विज्ञप्ति आएको हो । करिब दुई साता अघि नीजि स्कुलले शुल्क लिन पाउनेगरी शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरिसकेको छ । निर्देशिका अनुसार नीजि विद्यालयहरुले स्थानिय तहको सहमतिमा शुल्क लिन पाउने छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया