पुष २२, २०८२ मंगलबार January 6, 2026

गाम्बियाको तटमा आप्रवासी बोकेको डङ्गा डुब्दा सात जनाको मृत्यु, दर्जनौँ बेपत्ता

गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाज तैनाथ गर्दै खोजी र उद्धार अभियान सु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बञ्जुल (गाम्बिया), पुस १८ गते । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीले बताएका छन् । विज्ञप्ति जारी गर्दै गाम्बियन सरकारले अनुमानित २०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा समुद्रीक तटमा दुखद दुर्घटना भएको पुष्टि गरेको बताएको छ ।

डुङ्गा देशको उत्तरी किनाराको गिनाक गाउँ नजिकै दुर्घटना भएको बताइएको छ । अधिकारीले डुङ्गामा सवार कम्तीमा ९६ जनालाई उद्धार गरिएको र तीमध्ये धेरैजना गम्भीर घाइते भएको बताएका छन् । दुर्घटनाको सूचना प्राप्त भएपछि गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाज तैनाथ गर्दै खोजी र उद्धार अभियान सुरु गरेको जनाएको छ ।

अनियमित आप्रवासीले प्रायः स्पेनको क्यानरी टापुमा खतरनाक एटलान्टिक तट पार गर्ने प्रयास गर्छन् । जसलाई उनीहरुले युरोपको प्रवेशद्वारका रुपमा प्रगोग गर्दै आएका छन । यद्यपि सेनेगल, मौरितानिया र मोरक्कोको तटमा कडा समुद्री नियन्त्रणले तस्करलाई गाम्बिया र गिनीबाट थप टाढाको प्रस्थान बिन्दु प्रयोग गर्न बाध्य पारेको जनाइएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार