श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग

आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको दिनका लागि शान्ति सुरक्षाको व्यवस्थापनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै पत्र दर्ता गराएको छ । सचिवालयको तर्फबाट मनोजमणि आचार्यले जिल्ला प्रशासन कार्यालयमा आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको दिनका लागि शान्ति सुरक्षाको व्यवस्थापनको माग गरेका हुन् ।

‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुुटीमण्डपमा आयोजना हुने हुँदा उक्त स्थान आसपास तथा काठमाडौं क्षेत्रभित्रमा शान्ति सुरक्षाको आवस्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा रहेका छन् । संस्थापन समूह भने विशेष महाधिवेशन हुन नहुने पक्षमा छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको हो । कांग्रेसको विधानको धारा १७ (२) मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया