श्रावण १८, २०८३ सोमबार August 3, 2026

काँग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

पार्टीको समसामयिक राजनीतिक गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आयोजना गर्ने निर्णय गरेको छ। बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन। यद्यपि, पार्टीको समसामयिक राजनीतिक गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया