मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित

क्रिकेट र सङ्गीत क्षेत्रका दुई व्यक्तित्व नाइस अवार्ड समारोहमा सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगन्ज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान ममता थापालाई नाइस अवार्ड २०२६ बाट पुरस्कृत गरिएको छ । नेपालगन्जमा आज एक कार्यक्रमका बीच थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

नाइस नेपालगन्जले प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले थापालाई उक्त अवार्ड प्रदान गर्नुभएको हो । थापाले लामो समयसम्म राष्ट्रिय टोलीबाट विकेटकिपर तथा ब्याटरका रूपमा खेल्नुभएको थियो । थापा हाल कोहलपुर नगरपालिकामा क्रिकेट प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले जानकारी दिनुभयो । उक्त अवसरमा नेपालगन्जका सङ्गीत साधक ८२ वर्षीय ओमप्रकाश शर्मालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठ, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, नेपालगन्ज-९ का वडा अध्यक्ष गोविन्द रेग्मी, गैरसरकारी संस्था महासङ्घ नेपालका सचिव एवम् नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नाइस अवार्ड विजेता थापा, समाजसेवी बुद्धिसागर सुवेदी, अग्रज पत्रकार झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव कमल शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शोभा थापा मगरले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार