पुष २२, २०८२ मंगलबार January 6, 2026

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, पुस १९ गते । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।

अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरूद्ध देशको शत्रुलाई सहयोग गरेको धेरै आरोपमा अभियोग लगाएका थिए । उहााले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडानहरू गर्न आदेश दिनुभएको थियो ।

त्यस मुद्दाको लागि पक्राउ पूर्जीको म्याद जनवरी १८ सम्ममा समाप्त हुनुपर्ने थियो तर शुक्रबारको आदेशले यसलाई अधिकतम छ महिना विस्तार गर्नेछ ।

दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले एएफपीसँग भन्नुभयो, “उहाँले आफुमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई मध्यनजर गद पक्राउ पूर्जी जारी गरिएको हो ।

युन महिनौंदेखि हिरासतमा हुनुहुन्छ र उहाँविरूद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाई भइरहेको छ ।

उहाँले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्नुभएको थियो । यसले कोरियाली संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा ठूलो विरोध प्रदर्शन निम्त्यायो । उहाँलाई अप्रिलमा आधिकारिक रूपमा पदबाट हटाइएको थियो ।

युनलाई गत वर्षको जनवरीमा हिरासतमा लिइएको थियो । उहाँ दक्षिण कोरियाको इतिहासमा पदमा नै रहेका समय हिरासतमा लिइएको पहिलो बहालवाला राष्ट्रपति बन्नु भएको थियो । उहाँले गिरफ्तारीको विरोध गरेपछि हप्तौँपछि पक्राउ गरिएको थियो ।

उहाँको सैन्य विद्रोहको सुनुवाइ जारी रहँदा उहाँलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर उहाँले त्यस मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने दावीसहित जुलाईमा फेरि हिरासतमा लिइएको थियो ।

अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन् । सियोलको एक अदालतले जनवरी १६ मा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार