पुष २२, २०८२ मंगलबार January 6, 2026

युक्रेनमा सुरक्षा साझेदारसँग वार्ता, शान्ति सम्झौता नजिकिँदै

राष्ट्रपति जेलेन्स्कीद्धारा फ्रान्समा हुने जनवरी ६ को शिखर सम्मेलनअघि मन्त्रिपरिषद पुनर्गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, पुस १९ गते । युक्रेनले शनिबार आफ्ना प्रमुख सुरक्षा साझेदार देशका सुरक्षा सल्लाहकारसँग महत्वपूर्ण वार्ता आयोजना गरेको छ । युक्रेनी पक्षले शान्ति सम्झौताको प्रक्रिया अन्तिम चरणतर्फ अघि बढिरहेको दाबी गरिरहँदा रुसले भने नयाँ वर्षको दिन भएको घातक आक्रमणले वार्ताको प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार करिब १५ देशका प्रतिनिधि, युरोपेली सङ्घ र नाटोका अधिकारी वार्तामा सहभागी छन् भने अमेरिकी प्रतिनिधिमण्डल भिडियोमार्फत जोडिएको छ । शनिबारको छलफलपछि ‘कोएलिसन अफ द विलिङ’ का नेता आगामी साता फ्रान्समा पुनः भेला हुने अपेक्षा गरिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा जेलेन्स्कीले अमेरिकाको पहलमा अघि बढाइएको शान्ति योजना करिब ९० प्रतिशत तयार भइसकेको बताए पनि केही महत्वपूर्ण क्षेत्रीय विषयमा सहमति हुन बाँकी रहेको उल्लेख गर्नु भएका थिए । रुसले युक्रेनको करिब पाँचौ भाग भूभाग कब्जा गरिसकेको छ र उसले दैनिकजसो क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राख्दा हजारौँ सर्वसाधारणको ज्यान गएको र लाखौँ विस्थापित भएका छन् ।

किएभले रुस शान्तिप्रति इच्छुक नरहेको र थप भूभाग कब्जा गर्ने उद्देश्यले कूटनीतिक प्रयास विफल पार्न खोजिरहेको आरोप लगाउँदै आएको छ । यसैबिच, रुसले खेरसोनमा रहेको एक होटलमा भएको आक्रमणलाई ‘आतङ्कवादी हमला’ भन्दै शान्ति प्रयास तोडफोड गरिएको आरोप लगाएको छ । उक्त आक्रमणमा नयाँ वर्ष मनाइरहेका २८ जनाको मृत्यु भएको बताइएको छ ।

युक्रेनले भने त्यो स्थान सैनिक जमघट भएको दाबी गरेको छ । दुबै दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अमेरिकाको समर्थनमा तयार पारिएको शान्ति प्रस्तावअनुसार युक्रेनले डोनबास क्षेत्रका केही भाग त्याग्ने र नाटोमा नजाने सहमति गर्नुपर्ने उल्लेख छ । तर जेलेन्स्कीले रुसले कब्जा गरेको भूभागलाई औपचारिक रूपमा रुसकै मान्यता दिने प्रावधान हटाउन युक्रेन सफल भएको बताउनुभएको छ ।

यसै क्रममा, राष्ट्रपति जेलेन्स्कीले फ्रान्समा हुने जनवरी ६ को शिखर सम्मेलनअघि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । साथै, युक्रेनी सैन्य गुप्तचर प्रमुख काइरिलो बुदानोभलाई राष्ट्रपतीय कार्यालय प्रमुखमा नियुक्त गरिएको छ । उहाँले आन्द्रिय यर्माकको स्थान लिएका हुन्, जसले भ्रष्टाचार अनुसन्धानपछि पदबाट राजीनामा दिनु भएका थिए ।

राष्ट्रपति जेलेन्स्कीले वर्तमान अवस्थामा युक्रेनलाई सुरक्षा, रक्षा संरचना सुदृढीकरण र कूटनीतिक वार्तामा विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्दै बुदानोभसँग ती क्षेत्रमा आवश्यक अनुभव र क्षमता रहेको बताउनुभयो । नवनियुक्त प्रमुख बुदानोभले जिम्मेवारी स्वीकार गर्दै युक्रेनको सेवामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार