पुष २२, २०८२ मंगलबार January 6, 2026

भेनेजुएलामा श्रुङ्खलाबद्व विस्फोट : आपतकालको घोषणा

मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको ट्रम्प प्रशासनको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काराकास (भेनेजुयला), पुस १९ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियानपछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।

फक्स न्यूज र सिबिएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् । ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् ।

विस्फोट, सहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी  शनिबार राति २ बजेदेखि भएको एएफपीले जनाएको छ ।

राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ  जहाँ काराकासको विमानस्थल र बन्दरगाह अवस्थित छ ।

“भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोको सरकारले भेनेजुएलाको भूभाग र जनता विरुद्ध संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले गरेको गम्भीर सैन्य आक्रमणलाई भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदाय सामु अस्वीकार, र निन्दा गरेको जनाएको छ ।

आक्रमण पछि उहाँले मुलुकमा आपतकालकोसमेत घोषणा गरिसकेको बताइएको छ ।

छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घको आपतकालीन बैठक बोलाउनु भएको छ । वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणको बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको जनाइएको छ ।

अहिले पनि मेसिन गन जस्तो धेरै विस्फोट र गोली चलेको आवाज सुनिरहेको अधिकारीहरूलाई उदृत गर्दै एएफपीले  बताएको छ । स्थानिय बासिन्दाहरूका अनुसार सहरका केही भागहरूमा आक्रमण पछि बिजुली काटिएको छ ।

सुरुमा लागु औषध तस्करी विरोधी अभियानको रूपमा प्रस्तुत गरेको क्यारिबियनमा विमान वाहक र लडाकु विमान तैनाथ गर्ने ट्रम्पले भेनेजुएलाको भूमिमा बारम्बार आक्रमण गर्ने धम्की दिएको जनाइएको छ ।

यस अघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागु औषध डुङ्गाहरू आक्रमण गरी नष्ट गर्ने बताउँदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताउनु भएको थियो  ।

मादुरोले भने आक्रमणको पुष्टि तथा अस्वीकार नगरी बिहीबार वासिङ्टनसँगको सहकार्यका लागि खुला रहेको बताउनु भएको थियो ।

ट्रम्प प्रशासनले भने मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको आरोप लगाएको छ । मादुरोले लागु औषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफुलार्ई सत्ताच्युत गर्न खोजिरहेको बताउनु भएको छ ।

वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागु औषध तस्करहरू भनेको छ ।अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ । रासस /एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार