असार २३, २०८२ सोमबार July 7, 2025

आगलागीबाट घर जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आगलागीमा बरेङ गाउँपालिका-३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

उक्त घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन ।

घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया