भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

माघे सङ्क्रान्तिमा खाना महोत्सव

महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन खाद्य सामग्री, अचारलगायत सामग्री डेढ दर्जनभन्दा बढी स्टलमा राखिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर, २ माघः माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ ।

फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।

महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन खाद्य सामग्री, अचारलगायत सामग्री डेढ दर्जनभन्दा बढी स्टलमा राखिएका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको प्राङ्गणमा आयोजित महोत्सवमा खाद्यान्न परिकारका अतिरिक्त पुराना परम्परागत सामग्रीहरु प्रदर्शनका लागि राखिएका छन् । परम्परागत रुपमा खेतीका लागि खनजोत गर्न प्रयोग गरिने सामग्री, भान्सामा प्रयोग हुने काठमा सामग्री तथा घरायसी उपयोगका तीन दर्जनभन्दा बढी परम्परागत सामग्री प्रदर्शनका लागि राखिएका छन् ।

महोत्सव सुरु हुनुअघि फिदिमको शिवालयबाट सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा विभिन्न जातजातिले सांस्कृतिक प्रस्तुति दिएका थिए । महोत्सव उद्घाटनका बेला च्याब्रुङ नाच, साकेलालगायत नृत्य देखाइएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार