असोज ५, २०८३ सोमबार September 21, 2026

महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने

एसियन गेम्समा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ। सोमबार जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा भएको ९ देखि १२औँ स्थान निर्धारणको खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

हङकङले खेलको पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पनि हङकङले नेपाललाई २५–१९ ले पराजित गर्दै खेलमा २–० को अग्रता बनायो।

तेस्रो सेटमा भने नेपालले हङकङलाई कडा चुनौती दिएको थियो। दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक बनेको सेटमा हङकङले २८–२६ को जित निकाल्दै खेल ३–० ले आफ्नो पक्षमा पार्‍यो।

हङकङसँगको हारसँगै नेपालले अब ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले फिलिपिन्स र मंगोलियाबीच हुने खेलमा पराजित हुने टोलीसँग ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

नेपालले एसियन गेम्सको यस संस्करणमा समूह चरणमा आयोजक जापान र इन्डोनेसियासँग पराजय बेहोरेको थियो। त्यसपछि वर्गीकरण खेलमा नेपालले किर्गिस्तानलाई ३–० ले पराजित गर्दै ९ देखि १२औँ स्थानको चरणमा प्रवेश गरेको थियो।

एसियन गेम्समा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। यसअघि नेपालले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन गेम्समा पहिलो पटक सहभागिता जनाएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
UML Chair presents political report
२०८३ असोज ५, सोमबार
सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी
२०८३ असोज ५, सोमबार
महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने
२०८३ असोज ५, सोमबार
२०औं एसियाली खेलकुद : चीन २३ स्वर्णसहित शीर्षस्थानमा
२०८३ असोज ५, सोमबार
धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
२०८३ असोज ५, सोमबार
कर्णालीको कृषि मन्त्रालयमा कर्मचारी सरुवामा भाँडभैलो, सत्ता निकटकालाई अवसरै अवसर !
२०८३ असोज ५, सोमबार
बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता
२०८३ असोज ५, सोमबार