श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जनता समाजबादीको घोषणा (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपालले संविधान दिवसको अवसरमा शनिबार विरोध कार्यक्रम गर्ने बताएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार अपरान्ह संयुक्त विज्ञप्ती जारी गर्दै संविधान अपूर्ण तथा संविधानमा विभेदकारी प्रावधान राखिएकाले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जनाएको हो ।

पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयलाई अनादर र उपेक्षा गर्दै जनतामाथि दमन र हत्या गरी संविधान जारी गरेकोले उक्त संविधान विभेदकारी र अपुरो संविधान भएको जसपाको भनाइ छ ।

संविधानले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायतको मुद्दा सम्बोधन गर्न नसकेको जसपाको भनाइ छ ।

विज्ञप्तीमा भनिएको छ,‘संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउन देशका प्रमुख स्थानमा शान्तिपूर्ण विरोध आयोजना गर्न आमजनसमुदाय र पार्टी संगठनलाई आह्वान गरिन्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया