काठमाण्डौं: भक्तपुरका घरघरमा गुर्जोका बिरुवा निः शुल्क रुपमा पुर्याउने अभियान सूर्यविनायक नगरपालिका क्षेत्रबाट शुरुआत गरिएको छ । सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दैै सुरु गर्नुभएकोे सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ ।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गर्नुभयो ।
गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिदैं ५ वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया