काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तालमेलसम्बन्धी तीन बुँदे सहमति भएको छ ।
सहमतिअनुसार रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनका पक्षमा एमालेले समर्थन गर्दै आफ्ना कार्यकर्ता र मतदातालाई सहयोग गर्न आह्वान गर्नेछ । यसैगरी, कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा भने प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
दुई दलबीच भएको यो तालमेललाई निर्वाचनमा रणनीतिक सहकार्यका रूपमा हेरिएको छ, जसले दुवै दलको प्रभाव क्षेत्र विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया