श्रावण २०, २०८३ बुधबार August 5, 2026

हामी देश बनाउने अभियानमा छौं : अध्यक्ष ओली

भद्रपुर विमानस्थलमा माथिको आदेश भन्दै सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफूहरू देश बनाउने अभियानमा लागेको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देश बनाउनेका पक्षमा उभिन सबैलाई अपिल गरे।

पूर्वप्रधानमन्त्री ओलीले आफूलाई झापाबाट काठमाडौँ फर्कने क्रममा शुक्रबार भद्रपुर विमानस्थलमा माथिको आदेश भन्दै सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको गुनासो पनि गरे।

‘मलाई झापाबाट फर्कंदा अपमानजनक व्यवहार गरियो । विदेशतिर पनि चिनेको अवस्थामा सम्मानजनक व्यवहार गर्छन्, तर यो सरकारले हामीलाई आफ्नै ठाउँमा दुःख दिने काम गरिरहेको छ’, उनले भने, ‘यस्तै हो भने हामी निर्वाचनमा जाने कि आन्दोलनमा जाने अझै भन्न सकिने अवस्था छैन।’

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं धितोपत्र व्यवसायी दिपेन्द्र अग्रवाललगायतलाई पार्टी प्रवेश गराइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार