काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियन्सीपमा इन्टरनेसनल टेक्निकल अफिसरको भूमिका निर्वाह गर्न उज्बेकिस्तानको तासकेन्ट प्रस्थान गर्ने सिद्दिकी समसुद्दिनलाई शुभकामनासहित विदाइ गरेका छन् ।
सो प्रतियोगिता साउन २२ देखि २९ तारिखसम्म हुँदैछ । एनओसी अध्यक्ष श्रेष्ठले टेक्लिनल अफिसरहरु खेलकुदको महत्वपूर्ण खम्बा हुन् भने । ‘खेलाडीहरु सबैको केन्द्रमा रहन्छन् तर खेलकुदको विकासमा प्राविधिक जनशक्तिहरु टेक्निकल अफिसर, रेफ्री, प्रशिक्षक, मेनेजर र अन्य सहयोगीको पनि उत्तिकै भूमिका रहेको हुन्छ’ अध्यक्ष श्रेष्ठले भने ।
उनले नेपाल भारोत्तोलन संघको निरन्तर प्रयासले नेपालका टेक्निकल अफिसियलहरुले लगातार अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाउन सफल भइरहेकोमा त्यस्तो श्रेय संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई दिए । उनका अनुसार यस्ता प्रयासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थितिलाई सुदृढ बनाउने गर्दछ । सो विदाई कार्यक्रममा नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया