श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

ग्लोबल छनोट आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालले आगामी वर्ष आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने भएको छ । ग्लोबल छनोट आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने भएको छ ।

क्रिकइन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन ।

आइसिसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचाअनुसार छनोट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण ‘सुपर सिरिज’ मा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सुपर सिरिजको विजेता टोलीले १२ राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ ।

सन् २०२७ को आइसिसी एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ वटा सहरमा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ ।

विश्वकप छनोट प्रतियोगितामा कुल १० टोली सहभागी हुनेछन् । सेप्टेम्बर ३०, २०२६ सम्मको एक दिवसीय वरीयताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेका दुई टोली, लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले प्रतियोगितामा स्थान बनाउनेछन् ।

विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबिच प्रतिस्पर्धा हुनेछ । लिग २ को तालिकामा नेपाल हाल छैटौँ स्थानमा छ । ३२ खेलबाट नेपालले ११ जित, १९ हार र २ खेल नतिजाविहीन रहँदा २४ अंक जोडेको छ । नेपालले बाँकीको एक शृङ्खलाबाट सबै चार खेलमा जित निकाले पनि शीर्ष चारमा अटाउन मुस्किल हुनेछ ।

च्यालेन्ज लिगलाई विश्व क्रिकेटको तेस्रो स्तरको प्रतियोगिता मानिन्छ । प्लेअफको ढाँचा अझै तय नभए पनि आठ टोलीबिच हुने यस प्रतियोगिताबाट उत्कृष्ट चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

च्यालेन्ज लिगमा १२ टोली सहभागी हुनेछन्, जसलाई ६–६ टोलीका दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले प्रतियोगिताको चक्रभरि तीन वटा राउन्ड–रोबिन प्रतियोगिता खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले विश्वकप छनोट प्लेअफमा स्थान बनाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार