माघ १६, २०८२ शुक्रबार January 30, 2026

राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गर्ने

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्षमा राष्ट्रपति पौडेलको जापान यात्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा जाने निश्चित भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उहाँ यही माघ १८ गते जापान प्रस्थान गर्नुहुनेछ र भ्रमण चार दिनसम्म चल्नेछ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको विशेष अवसरलाई स्मरण गर्दै यो भ्रमण आयोजना गर्न लागिएको हो।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी समकक्षी, उच्चस्तरीय सरकारी अधिकारी तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय हुने अपेक्षा गरिएको छ। साथै, दुई देशबीचको ऐतिहासिक मित्रता, विकास सहकार्य, लगानी, पर्यटन, शिक्षा तथा प्रविधि क्षेत्रका सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ। यो भ्रमणले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
२०८२ माघ १६, शुक्रबार
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार