श्रावण २०, २०८३ बुधबार August 5, 2026

सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर

सहिदहरूले देखाएको बाटोमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डडेलधुरा । नेपाली कांग्रेसका नेता एवं डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरले सहिदहरूको सपना र उनीहरूको ऐतिहासिक त्यागको रक्षा गर्नु नै वर्तमान समयको मुख्य दायित्व भएको बताएका छन्।

नेपाली कांग्रेस डडेलधुरा जिल्ला समितिले सहिद दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।

‘सहिदको सपना र सहिदको त्यागको रक्षा गर्नुपर्ने छ। आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार वीर सहिदहरूको रगतको जगमा प्राप्त भएको हो,’ उनले भने।

वर्तमान अवस्थामा सहिदहरूको ऐतिहासिक बलिदानीको रक्षा गर्नु चुनौतीपूर्ण रहेको उनले औंल्याए। ‘सहिदहरूको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न सके मात्र सहिदहरूप्रति सच्चा सम्मान हुन्छ,’ उनले भने।

यसका साथै, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस सधैँ चट्टान जस्तै उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

नेता महरले सहिदहरूले देखाएको बाटोमा लाग्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका थिए।

कार्यक्रममा महरले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, संस्थापक नेता एनडि प्रकाश चटौत, क्रान्तिकारी नेता भिमदत्त पन्त र दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवि ठकुरानीलगायतको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा जिल्ला स्थित कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले सहिदहरूको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार