माघ १६, २०८२ शुक्रबार January 30, 2026

मधेश प्रदेश प्रमुख समक्ष थारु आयोगले बुझायो वार्षिक प्रतिवेदन

थारुको सामाजिक, आर्थिक र शैक्षिक विकासका क्षेत्रमा गरिएका पहलहरू समेत प्रतिवेदनमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष थारु आयोगले सातौं वार्षिक प्रतिवेदन आज पेश गरेको छ ।

आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका गतिविधि तथा कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन आयोगका सदस्य भोलाराम चौधरीले प्रदेश प्रमुखको सचिवालयमा पेश गर्नु भएको हो ।

प्रदेश प्रमुखको कार्यालय थारु आयोगका सदस्य चौधरीले नेपालको संविधानको धारा २९४ को उपधारा (९) बमोजिम प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । प्रतिवेदनमा थारु समुदायको हकहित र अधिकार संरक्षणका लागि आयोगले गरेको अध्ययन, अनुगमन, सिफारिस तथा विभिन्न कार्यक्रमहरूको विवरण समेटिएको छ ।

थारुको सामाजिक, आर्थिक र शैक्षिक विकासका क्षेत्रमा गरिएका पहलहरू समेत प्रतिवेदनमा उल्लेख गरिएको हो । प्रदेश प्रमुख डा. कर्णले आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई महत्वपूर्ण दस्ताबेजको रूपमा लिएको बताउँदै यसमा उल्लेखित सुझाव तथा निष्कर्षलाई कार्यान्वयनतर्फ लैजान सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताउनु भयो ।

थारु आयोगले समुदायको समग्र उत्थानका लागि सरकारसँग सहकार्य गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । नेपालको संविधान अनुसार संवैधानिक आयोगले सबै प्रदेशका प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाउने प्रावधान रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
२०८२ माघ १६, शुक्रबार
व्यास नगरपालिकाको अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व, करन रावल प्रथम
२०८२ माघ १६, शुक्रबार
सहिदको सपना र बलिदानको रक्षा नै आजको मुख्य दायित्व : नैनसिंह महर
२०८२ माघ १६, शुक्रबार
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार