माघ १६, २०८२ शुक्रबार January 30, 2026

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

प्रत्येक्षतर्फ लुम्बिनी प्रदेशका १० स्थानसहित देशका १७ क्षेत्रमा उम्मेदवार प्रतिष्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी । राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा सङ्घीयता, शासकीय स्वरुप, औद्योगिक विकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यलगायत विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । विगतका निर्वाचनमा जारी गरेका घोषणापत्रको समेत स्वामित्व लिने प्रतिबद्धतासहित भ्रष्टाचारलाई देशद्रोह सरह घोषणा गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बिमालगायत विषय पार्टीको नीति रहेको उल्लेख छ ।

पार्टी अध्यक्ष केशवबहादुर थापा सूर्यवंशीले पार्टीले स्थापनाकालदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै भ्रष्टाचार राज्यद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई आजिवन काराबासको सजाय गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन नै जेनजी आन्दोलनको उद्देश्य रहेको पार्टीको बुझाइ रहेको र भ्रष्टाचारविरूद्व कडा कदम चाले मात्रै मुलुक समृद्विको यात्रामा अगाडि बढ्ने धारणा राखे ।

पार्टीका महासचिव टोप अस्लामीले नेपालको संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि लाग्नुपर्नेमा जोड दिए। उनले शक्तिशाली आयोग गठन गरी त्यसको सुझावको आधारमा राज्यको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सचिव मोजिव अलीले आफ्नो पार्टीले प्रत्येक्षतर्फ लुम्बिनी प्रदेशका १० स्थानसहित देशका १७ क्षेत्रमा उम्मेदवार उठाएको र समानुपातिकमा १२ जना उम्मेदवार रहेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार
युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन
२०८२ माघ १६, शुक्रबार
राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
२०८२ माघ १६, शुक्रबार
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की
२०८२ माघ १६, शुक्रबार