श्रावण २०, २०८३ बुधबार August 5, 2026

लोकतान्त्रिक अधिकारको बिउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बिउ सहिदहरूले रोपेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  माघ १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बिउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै  उहाँले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बिउ सहिदहरूले रोपेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै  त्यस्तो शासनको अन्त्य गर्न कम्युनिस्ट र कांग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।

“निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बिउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो”, सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सहिदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाउनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार