कार्तिक ८, २०८३ आइतबार October 25, 2026

अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता

‘मिड डे’ ले जनाएअनुसार सलमान मुम्बईमा ‘एसभिसी ६३’ का लागि तीनवटा मुख्य एक्सन दृश्यहरूको छायांकन गर्ने तयारीमा सलमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २० साउन। सलमान खान अभिनय रहने चलचित्र ‘एसभिसी ६३’का बारेमा हालसम्म विभिन्न जानकारीहरू बाहिर आए पनि यसमा खलनायकको भूमिका कसले निर्वाह गरिरहेको छ भन्नेबारे निर्माताहरूले कुनै ठोस संकेत दिएका छैनन्।

सुरुमा फहाद फासिल र अक्षय खन्नाजस्ता कलाकारहरूको नाम चर्चामा आएको भए पनि पछि ती अड्कलबाजीहरू सेलाएर गएका छन । यद्यपि, अहिले खलनायकको भूमिकाका लागि राहुल देवको नाम बलियो दाबेदारका रूपमा अघि आएको छ  । निर्माताहरूले अभिनेता तथा मोडल राहुल देवलाई सलमानको विपक्षमा उतार्ने योजना बनाइरहेको चर्चा चलिरहेको छ।

राहुलले सन् २००० मा सनी देओल अभिनित चलचित्र ‘च्याम्पियन’ बाट आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए र यसमा उनको अभिनयका लागि उनले ‘सर्वोत्कृष्ट खलनायक’ विधामा फिल्मफेयर मनोनयन प्राप्त गरेका थिए। त्यसपछि उनी ‘अशोका’, , ‘इन्डियन’, ‘मास’ र ‘संकट सिटी’ जस्ता चलचित्रहरूमा देखिए।

उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम र बंगाली चलचित्र उद्योगमा व्यापक रूपमा काम गरेका छन्। अनलाइनमा चलेको चर्चा अनुसार वम्शी पैदि पल्लीद्वारा निर्देशित चलचित्र ‘एसभिसी ६३’ मा उनलाई लिइएको छ, जसमा उनी सलमानको विपक्षमा खलनायकको भूमिका निभाउनेछन्। यद्यपि, विभिन्न रिपोर्टहरूमा यस पात्रलाई ‘खल नायकहरूमध्ये एक’ भनी वर्णन गरिएको छ, जसले गर्दा चलचित्रमा सलमानले एकभन्दा बढी खलनायकहरूको सामना गर्ने अनुमान गरिएको छ।

अक्षय खन्ना र फहाद फासिललाई अन्य खलनायकको भूमिकामा लिइने चर्चा चलिरहेको छ, यद्यपि निर्माताहरूले कलाकार चयनबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्। सलमान आफैंले यस चलचित्रमा नायक र खलनायक दुवैको भूमिका निर्वाह गर्ने हल्ला पनि चलेको थियो तर यस विषयमा पनि कुनै ठोस जानकारी प्राप्त भएको छैन।

यसैबीच ‘मिड डे’ ले जनाएअनुसार सलमान मुम्बईमा  ‘एसभिसी ६३’ का लागि तीनवटा मुख्य एक्सन दृश्यहरूको छायांकन गर्ने तयारीमा छन्। यस प्रक्रियामा करिब डेढ महिना लाग्न सक्ने र सलमानले १०० भन्दा बढी जुनियर कलाकारहरूसँगै छायांकन गर्ने बताइएको छ। यस चरणमा राहुल देव पनि चलचित्रमा सामेल हुने खबर छ।

यद्यपि निर्माताहरूले सुरुमा चलचित्रको छायांकनका लागि अगस्टमा युरोप जाने योजना बनाएका थिए र तयारी सुरु गर्न त्यहाँ निर्माण टोली पुगिसकेको पनि थियो र उनीहरूले आफ्नो योजना परिवर्तन गरी हैदराबादको तालिकालाई मुम्बईमा सारेका छन्। छिट्टै छायांकन सुरु हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार