श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता

‘मिड डे’ ले जनाएअनुसार सलमान मुम्बईमा ‘एसभिसी ६३’ का लागि तीनवटा मुख्य एक्सन दृश्यहरूको छायांकन गर्ने तयारीमा सलमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, २० साउन। सलमान खान अभिनय रहने चलचित्र ‘एसभिसी ६३’का बारेमा हालसम्म विभिन्न जानकारीहरू बाहिर आए पनि यसमा खलनायकको भूमिका कसले निर्वाह गरिरहेको छ भन्नेबारे निर्माताहरूले कुनै ठोस संकेत दिएका छैनन्।

सुरुमा फहाद फासिल र अक्षय खन्नाजस्ता कलाकारहरूको नाम चर्चामा आएको भए पनि पछि ती अड्कलबाजीहरू सेलाएर गएका छन । यद्यपि, अहिले खलनायकको भूमिकाका लागि राहुल देवको नाम बलियो दाबेदारका रूपमा अघि आएको छ  । निर्माताहरूले अभिनेता तथा मोडल राहुल देवलाई सलमानको विपक्षमा उतार्ने योजना बनाइरहेको चर्चा चलिरहेको छ।

राहुलले सन् २००० मा सनी देओल अभिनित चलचित्र ‘च्याम्पियन’ बाट आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए र यसमा उनको अभिनयका लागि उनले ‘सर्वोत्कृष्ट खलनायक’ विधामा फिल्मफेयर मनोनयन प्राप्त गरेका थिए। त्यसपछि उनी ‘अशोका’, , ‘इन्डियन’, ‘मास’ र ‘संकट सिटी’ जस्ता चलचित्रहरूमा देखिए।

उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम र बंगाली चलचित्र उद्योगमा व्यापक रूपमा काम गरेका छन्। अनलाइनमा चलेको चर्चा अनुसार वम्शी पैदि पल्लीद्वारा निर्देशित चलचित्र ‘एसभिसी ६३’ मा उनलाई लिइएको छ, जसमा उनी सलमानको विपक्षमा खलनायकको भूमिका निभाउनेछन्। यद्यपि, विभिन्न रिपोर्टहरूमा यस पात्रलाई ‘खल नायकहरूमध्ये एक’ भनी वर्णन गरिएको छ, जसले गर्दा चलचित्रमा सलमानले एकभन्दा बढी खलनायकहरूको सामना गर्ने अनुमान गरिएको छ।

अक्षय खन्ना र फहाद फासिललाई अन्य खलनायकको भूमिकामा लिइने चर्चा चलिरहेको छ, यद्यपि निर्माताहरूले कलाकार चयनबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्। सलमान आफैंले यस चलचित्रमा नायक र खलनायक दुवैको भूमिका निर्वाह गर्ने हल्ला पनि चलेको थियो तर यस विषयमा पनि कुनै ठोस जानकारी प्राप्त भएको छैन।

यसैबीच ‘मिड डे’ ले जनाएअनुसार सलमान मुम्बईमा  ‘एसभिसी ६३’ का लागि तीनवटा मुख्य एक्सन दृश्यहरूको छायांकन गर्ने तयारीमा छन्। यस प्रक्रियामा करिब डेढ महिना लाग्न सक्ने र सलमानले १०० भन्दा बढी जुनियर कलाकारहरूसँगै छायांकन गर्ने बताइएको छ। यस चरणमा राहुल देव पनि चलचित्रमा सामेल हुने खबर छ।

यद्यपि निर्माताहरूले सुरुमा चलचित्रको छायांकनका लागि अगस्टमा युरोप जाने योजना बनाएका थिए र तयारी सुरु गर्न त्यहाँ निर्माण टोली पुगिसकेको पनि थियो र उनीहरूले आफ्नो योजना परिवर्तन गरी हैदराबादको तालिकालाई मुम्बईमा सारेका छन्। छिट्टै छायांकन सुरु हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार