श्रावण ३१, २०८३ आइतबार August 16, 2026

निर्वासनबाटै सक्रिय हसिना

बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाका, २० साउन (रासस/एएफपी) : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिनुभएको छ । विश्लेषकहरूले उहाँको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

भारतमा निर्वासनमा रहनुभएकी ७८ वर्षीया हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बङ्गलादेश फर्कने इच्छा व्यक्त गर्नुभएको थियो । उहाँले आफू पक्राउ पर्न, जेल जान वा ज्यानसमेत गुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताउनुभएको थियो ।

हेलिकप्टरमार्फत भारत गएको दुई वर्ष पूरा भएको अवसरमा बुधबार उहाँले ‘शेख हसिनाको घर फर्कने’ शीर्षकको नयाँदिल्लीस्थित कार्यक्रममा टेलिफोनमार्फत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

ढाकास्थित नर्थ साउथ विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक मोहम्मद जलाल उद्दीन सिकदरका अनुसार हसिना अझै पनि अवामी लिगका लागि प्रभावशाली राजनीतिक प्रतीक हुनुहुन्छ र उहाँको सम्भावित पुनरागमन दलको अस्तित्वसँग जोडिएको विषय बनेको छ ।

अवामी लिगका एक वरिष्ठ नेताले पनि पार्टीका धेरै नेता–कार्यकर्ता पक्राउ परेकाले हसिनाले आफू फर्कने चाहना व्यक्त गर्नु उनीहरूप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति भएको बताउनुभयो । उहाँका अनुसार यसले दलभित्रको मनोबल कायम राख्न मद्दत पुर्‍याउन सक्छ ।

ढाकाबाट प्रकाशित ‘प्रथम आलो’ दैनिकले हसिनाको स्वदेश फर्कने घोषणा पार्टीमाथिको प्रतिबन्ध हटाउन दबाब सिर्जना गर्ने, कार्यकर्तालाई उत्साहित बनाउने र राजनीतिक स्थान पुनः स्थापित गर्ने रणनीतिको अंश हुन सक्ने विश्लेषण गरेको छ ।

यद्यपि अवामी लिगका पूर्ववरिष्ठ नेता तथा हालका आलोचक महमुदुर रहमान मन्नाले उक्त धारणा अस्वीकार गर्दै पार्टीलाई पुनर्गठन गर्न अन्य नेताहरूलाई अवसर दिन सकिने अवस्था भए पनि हसिनाले त्यसो नगरेको टिप्पणी गर्नुभएको छ ।

विश्लेषक सिकदरका अनुसार हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान सरकारलाई थप राजनीतिक दबाबमा पार्न सक्छ । उहाँले हसिना स्वदेश फर्किए तत्काल कानूनी प्रक्रियामा पर्ने सम्भावना रहे पनि त्यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने आकलन गर्नुभयो ।

यसबीच प्रधानमन्त्रीका सल्लाहकार झाहेद उर रहमानले सरकारले हसिनालाई स्वदेश फर्कन स्वागत गर्ने बताउँदै उहाँ फर्किए कानूनअनुसार न्यायिक प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ ।

हसिना ढाकास्थित अदालतमा उपस्थित नभएपछि उहाँविरुद्ध उक्साहट, हत्या गराउन आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको अभियोगमा फैसला सुनाइएको थियो ।

हसिनाको सम्भावित पुनरागमनको विषय बङ्गलादेश र भारतबीच सुधारोन्मुख सम्बन्धका बीच पनि संवेदनशील मुद्दाका रूपमा हेरिएको छ । ढाकाले उहाँको सुपुर्दगीका लागि पटक–पटक आग्रह गर्दै आएको छ भने भारतले कानूनी प्रक्रियाअनुसार विषयको अध्ययन भइरहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले ‘शेख हसिनाको घर फर्कने’ कार्यक्रमसँग भारत सरकारको कुनै संलग्नता नरहेको र कार्यक्रममा व्यक्त गरिने विचारलाई सरकारले समर्थन नगर्ने स्पष्ट पार्नुभएको छ ।

यद्यपि बङ्गलादेशका केही विश्लेषकले हसिनाको मुद्दा दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रभाव पार्ने विषयका रूपमा प्रयोग हुन सक्ने टिप्पणी गरेका छन् । ढाकास्थित ‘अमर देश’ दैनिकका सम्पादक महमुदुर रहमानले यसलाई नयाँदिल्ली र ढाकाबीचको शक्ति सन्तुलनसँग जोडिएको राजनीतिक विषयका रूपमा हेर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार