असार २२, २०८२ आइतबार July 6, 2025

इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शनिबारबाट शुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ । शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित ग‍रेको हो ।

मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छँदा ५ विकेटको क्षतिमा पार गर्‍यो । चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन जोडे। यस्तै फाप डु प्लेसिसले नटआउट ५८ रनको योगदान दिए।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पाटिनसन, जसप्रित बुमराह, राहुल चाहर र क्रुनाल पाण्ड्याले १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोड्यो। मुम्बईका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन जोडे । क्वान्टन डे कक ३३ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए । यस्तै दीपक चाहर र रवीन्द्र जडेजाले २–२ विकेट लिए । आइपिएलमा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार