काठमाण्डाैंः बाँकेमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-२१ पुरैनीका ५९ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ २० गते अस्पतालमा भर्ना गरिएको थियो । मृतक युवकमा भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
दुवै फोक्सोमा निमोनिया भई एआरडिएस देखिएपछि बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया