भाद्र ६, २०८३ शनिबार August 22, 2026

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डङ्गोल

प्रधानमन्त्रीस्तरीय निर्णयबाट रिना डङ्गोल नेपाल टेलिकमको निमित्त एमडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ २४ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रिना डङ्गोल नियुक्त हुनुभएको छ । २०८२ माघ २२ गतेको प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निमित्त प्रबन्ध निर्देशक तोकेको जनाइएको छ ।

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डङ्गोलले बङ्गलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बिई गर्नुभएको छ । उहाँ २०५१ जेठ १ देखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी कर्मचारीका रूपमा सेवा प्रवेश गरी २०५२ जेठ ९ मा स्थायी हुनुभएको थियो ।

उहाँले २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवं वायर लाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारीसमेत पूरा गरिसक्नुभएको छ ।  पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डङ्गोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
वर्षाले देशभरका सडक प्रभावित, दर्जनौँ स्थानमा यातायात अवरुद्ध
२०८३ भाद्र ६, शनिबार
डलरको खरिददर १५२.८२ रुपैयाँ, अन्य विदेशी मुद्राको दर यस्तो (सूची हेर्नुहोस्)
२०८३ भाद्र ६, शनिबार
आज शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र ६, शनिबार
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार