काठमाण्डाैंः ईन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाब समक्ष १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । सुरुवाती ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासे । मार्कुस स्टोनिसले अविजित ५३ रनको शानदार पाली खेले । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए ।
ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो । तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर समेत ७ रनमा आउट भएका थिए । यस्तै, रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पोविलियन फर्किएका थिए ।
दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे । दिल्लीले पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राख्दै प्लेईङ सेट तयार पारेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया