भाद्र ६, २०८३ शनिबार August 22, 2026

निष्पक्ष र उत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई काउन्सिलको आग्रह

सञ्चार माध्यमलाई स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित, निष्पक्ष र विश्वसनीय भूमिका निर्वाह गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, फागुन ११ गते । प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला सत्य तथ्य, सन्तुलित, मर्यादित समाचार पस्केर नागरिकलाई सुसुचित गर्न आग्रह गरेको छ । पछिल्लो समय केही सञ्चार माध्यमहरुमा निर्वाचन परिणामसम्बन्धी विभिन्न विश्लेषण आइरहेका बेला काउन्सिलले सो आग्रह गरेको जनाएको छ ।

केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी  ‘जित्नेछन्’, ‘यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’ लगायतको विषय समाचारमा समेटिएको बताउँदै काउन्सिलले मतदाताको मनोभावनामा असर पुग्ने कुनै सूचना र समाचार नपस्कन आग्रह गरेको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले आग्रह गरेको छ ।

“आम मतदाताहरु दिग्भ्रमित हुने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्दछ” भन्दै काउन्सिलले भनेको छ, “आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको छ । स्रोतको संरक्षण नहुने र मतदाताको गोपनीयता भङ्ग हुने किसिमबाट सामग्री सम्प्रेषण गर्दा व्यक्तिको सुरक्षा चुनौती हुन सक्दछ।”

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सञ्चार माध्यमलाई स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित, निष्पक्ष र विश्वसनीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले मतदातालाई लाभ–हानी पुग्न सक्ने भएकाले तटस्थ र निष्पक्ष भूमिकामा खेल्न उहाँले आग्रह गर्नुभएको छ । पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आवद्ध सञ्चार माध्यम तथा पत्रकारहरू महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनु्पर्छ उहाँले भन्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा काउन्सिलले विशेष अनुगमन गरिरहेको छ उहाँले बताउनुभयो ।

निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलितरूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न उहाँको आनुरोध छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
वर्षाले देशभरका सडक प्रभावित, दर्जनौँ स्थानमा यातायात अवरुद्ध
२०८३ भाद्र ६, शनिबार
डलरको खरिददर १५२.८२ रुपैयाँ, अन्य विदेशी मुद्राको दर यस्तो (सूची हेर्नुहोस्)
२०८३ भाद्र ६, शनिबार
आज शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र ६, शनिबार
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार