बैसाख २६, २०८३ शनिबार May 9, 2026

लागुऔषधसहित तीन जना पक्राउ

अभियुक्तहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ परेका हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ फागुनः लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन् ।

यसैगरी, विराटनगर महानगरपालिका–१६ दरैयाबाट खैरो हेरोइनसहित सुनसरीको धरान उपमहानगरपालिका–११ का २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ । अभियुक्तहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ परेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया