बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

फरार भारतीय कैदी पक्राउ

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कारबाही गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, वैशाख २५ गते । कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागिरक रहेका छन् । यस कारागारमा रहेका ११ जना भारतीय नागरिक भागेका थिए । उनलाई वीरगन्जबाट पक्राउ गरी ल्याइएको हो ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने सुशीला देवीलाई पक्राउ गरी ल्याइएको हो । जेनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये अहिलेसम्म ६४० जना कैदीबन्दी फर्किएका छन् । अझै १०३ जना फर्कन बाँकी रहेको उहाँले बताउनुभयो ।

अहिले सम्पर्कविहीन भएकामा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एकसिँगे गैँडा चोरी सिकारीसमेत रहेका छन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि सूचना जारी गरेको थियो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया